Thursday, 13, August, 2020 info@saipalnews.com

नेता डा.रावलद्धारा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

अछाम १६ साउन । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज डा.भीम रावलले अछाम जिल्लाको क्षेत्र नं. १ का चारवटा गाउँपालिका र एउटा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ। कोरोना भाइरस कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गाउँपालिकालाई  मास्क,  सेनिटाइजर र ग्लोवहरू सहयोग गर्नु भएको हो।

बिहीबार स्वास्थ्य सामग्री गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाहीलाई नेकपा जिल्ला कमिटी सचिवालय सदस्य जंग विक नेकपाका नेता केशर साउँद लगाएतका नेताले हस्तान्तरण गर्नु भएको हो। रावलले निर्वाचन क्षेत्र नम्बर १ का ५ वटै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ।

यस अघि डा. रावलले साँफेबगर नगरपालिका र रामारोशन गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिकालाई पनि मास्क, सेनिटाईजर र ग्लब्स्हरु सहयोग गर्नु भएको नेकपाका नेता जंग विकले जानकारी दिनु भयो। अब एक दुई दिन भित्रै चौरपाटी गाउँपालिकालाई पनि स्वास्थ्य सामग्री सहयोग गरीने रावलले जानकारी दिनु भएको छ।

साँफेबगरमा भएको स्वास्थ्य सामग्री वितरण कार्यक्रममा मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाही नेकपाका कमिटी सचिवालय सदस्य जंग विक नेकपाका नेता केशर साउँद,साँफेबगर नगरपालिका स्वास्थ्य शाखाका लक्ष्मण नाथयोगी, समाजसेवि किर्तिकुमार खड्का लगायतको सहभागिता रहेको थियो।

नेता रावलले यो भन्दा अघि पनि स्थानीय तह सञ्चारकर्मी लगायत अन्यलाई पनि स्वास्थ्य सामग्री प्रदान गर्नु भएको थियो। रावलले कुनै स्थानीय तहलाई स्वास्थ्य सामग्री अभाव भए तुरुन्त आफूलाई खबर गरे उपलब्ध गराइने बताउनु भएको छ। विश्व भरी महामारीको रुपामा फैलिई रहेको कोरोना भाइरस कोभिड–१९ को रोकथाम होस् भन्ने उद्धेश्यले स्वास्थ्य सामग्री सहयोग गरीएको रावलले बताउनु भएको छ।