Wednesday, 19, January, 2022 info@saipalnews.com

बाढी पहिरोमा ज्यान गुमाएकाप्रति डा.रावलद्धारा श्रद्धाञ्जली

कैलाली १५ साउन । नेकपाका प्रभावशाली तथा सुदूरपश्चिम इन्चार्ज डा.भीम रावलले सुदूरपश्च्मिमा अविरल वर्षाकका कारण बाढी पहिरो र बुडानमा कारण भएको जनधनको क्षेति प्रति दुख व्यक्त गरेका छन् । प्राकृतिक विपद्मा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

साथै प्राकृतिक विपद्मा परेका जनताको उद्धार र राहत पु¥याउन सक्रिय पार्टी पक्ति,स्थानीय प्रशासन र देशमा विभिन्न कालखण्डमा आफनो ज्यानको बाजी लगाउँदै जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । भने पीडित परिवारको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले तत्काल राहतको व्यवस्थापन गर्न र देशका विभिन्न स्थानमा भएका क्षतिग्रस्त पुल, विद्युतको तत्काल मर्मत गरी जनतालाई सेवा दिन डा.रावलले सरकारसँग माग गरेका छन् ।