Thursday, 13, August, 2020 info@saipalnews.com

९ वर्षपछि कैलालीमा फरार अभियुक्त पक्राउ

कैलाली १५ साउन । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार विस्रे चौधरीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो । २०६७ कार्तिक ४ गते कैलालीको भजनी नगरपालिका ९ बस्ने वर्ष ३४ का चौधरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।

कैलाली जिल्ला अदालतको २०७१ वैशाख १७ गतेको आदेशले उनलाई ६ वर्ष कैदको सजाय तोकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्तःा एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।  उनलाई साउन १२ गते प्रहरीले पक्राउ गरी १४ गते पुपक्र्षका लागी कारागार चलान गरिएको उनले बताए ।