Thursday, 13, August, 2020 info@saipalnews.com

ग्याँस स्टोरमा आगो लगाउने युवक पक्राउ

काठमाडौं १५ साउन । सुनसरीको ईटहरी उपमहानगरपालिका–६ घर भएका सन्तोष खड्का उर्फ प्रशान्तलाई प्रहरीले पक्रेको छ । प्रशान्तले असार २९ मा राती साढे १० बजे ईटहरी–६ का सञ्जय चौधरीको ग्याँस सप्लायर्स गोदाममा आगो लगाएका थिए । २८ वर्षीय प्रशान्तले पुरानो रिसिवीका कारण राती साईकलको टायर सल्काएर ग्याँस स्टोरमा आगो झोसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ग्याँस सप्लायर्स सञ्चालकको तिनतले घरमा आगो झोसेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । दमकलको सहायताले आगो निभएर क्षति रोकियो । आगो लगाएर भागेका उनलाई पक्रेर ज्यान मार्ने उद्योग मुद्धामा अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय ईटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।