Saturday, 15, August, 2020 info@saipalnews.com

प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो

काठमाडौं १६ साउन। प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण देखिएको छ ।सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले अनलाइनखबरलाई बताए । हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो