Thursday, 13, August, 2020 info@saipalnews.com

बाढीमा बेपत्ता भएका तीनै जनाको शव फेला

कैलाली १६ साउन। कैलालीमा अबिरल वर्षाका कारण आएको बाढीमा बेपत्ता भएका तीनै जनाको शब प्रहरीले फेला पारेको छ ।  मंगलबार र बुधबार आएको अबिरल वर्षाका कारण आएको बाढीले  बेपत्ता भएका ३ जनाको शव  प्रहरीले फेला पारेको हो । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने वर्ष ४० का ईश्वर शाहा र  वर्ष ३३ का चक्रबहादुर बिकको शब शुक्रबार फेला परेको हो भने ९ वर्षका स्केल चौधरीको शव बिहिबार बेलुका फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

शाहा र बिकको शव बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायव उपरिक्षक प्रतिक बिस्टले रातोपाटीलाई जानकारी दिए ।