Wednesday, 22, September, 2021 info@saipalnews.com

नेपाली कांग्रेस संसदीयदलका नेतावीच बाटो बाटै भागेपछि हंगामा

धनगढी २२ साउन । सुदूरपश्चिमप्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिको टोलीसँगै कैलालीको भजनी क्षेत्रमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीयदलका नेता डा.रणबहादुर रावलबीच बाटो बाटै भागे पछि हंगामा भएको छ । समितिको टोलीसँगै बुधबार कैलाली जील्लाका हाइवेय नजीकका बाढी प्रभावित क्षेत्र गौरीगंगा, घोडाघोडी नगरपालिका, बढी प्रभावित क्षेत्र जोशीपुर गाउँपालिका र पुर्ण प्रभावित भजनी नगरपालिकाका विभिन्न क्षेत्रहरुको निरीक्षण गर्न गएका सांसद रावल झबही थारु फुडल्याण्डबाट खनाखाएर सुटुक्क गाएव भए ।

अस्थायी राजधानि धनगढी बाट विहान १० बजे गएको टोलीसँगै दिउँसो २ बजे जोशीपुर गाउँपालिकाको झबहीपुगेका नेता रावल सहितको टोली पुर्ण प्रभावित क्षेत्र भजनी नगरपालिका मेयरलाई लिएर पुर्ण प्रभावित क्षेत्रमा निरीक्षण गर्ने पुर्व निर्धारीत योजनालाई छलेर भागेका हुन् ।

प्रतिपक्षिदलका नेता सहित प्रभावित क्षेत्रमा आउन लागेको कुरा सुनेर कुरेर बसेका स्थानीय अर्थ समितिको टोलीमात्र देखेर छक्क परेका थिए । प्रभावित क्षेत्रको मार्ग देखाउन भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी र संविधान सभा सदस्य हरि श्रीपाईली सहीत प्रभावित क्षेत्रका स्थानीयहरु  भजनीमा जम्मा भएका थिए  । संसदीय समितिले बाढी आएको बेला प्रत्यक्षरुपमा खटीएको स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको थियो ।

तर डाक्टर रावलले भने भजनीनपुगेरैे सुटुक्कै टिकापुर आफ्नो निर्वाचन क्षेत्रमापुगेको थिए । स्थानीय, प्रदेश र संघ नेपाल कम्युनिष्ट पार्टी नेकपाले चुनाव जितेको भन्दै त्यो क्षेत्रमा निरीक्षण गर्न नगएको उनी निकट श्रोतले बताएको छ । प्रमुख प्रतिपक्षीदलका नेताले जनता माथि भेदभाव गरेको भन्दै चर्को आलोचना भएको छ । बाढीको महामारीको बेला पार्टी गतरुपमा हेरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय आक्रोसित भएका छन् ।

रावलले सोही दिन आफ्नो निर्वाचन क्षेत्रमा मात्र निरीक्षण गरेको पाइएको छ । संसदीय समितिले पत्रकारको लागि छुट्टै गाडीको व्यवस्था गरेर लगे पनीआफु अनुकुलका केहीथानपत्रकार समेत बोकेर समिति विरुद्ध प्रत्याजित समाचार समेत लेख्न लगाएको समितिका एक सदस्यले बताए । उनले टिकापुर स्थित भावना होटेलमा र थप  अत्तरीया स्थित एक होटलमा पत्रकार लाई जाँड खुवाएर संसदीय समिती विरुद्ध लेख्न लगाएको ति सदस्यले आरोप लगाए ।