Wednesday, 22, September, 2021 info@saipalnews.com

राजधानीको चुच्चेपाटीमा बाबुले हाने छोरी र श्रीमतीमाथि एसिड

काठमाडौं २२ साउन। राजधानीको चुच्चेपाटीमा दुई जनामाथि एसिडु छ्यापिएको खबर छ । आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ । प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ ।  यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

गत साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो । अर्को केटा मन पराएको रौतहटका मोहमद आलमको निर्देशनमा उनका कामदार भारतीय नागरिक मुन्ना मोहमदले एसिड हानेका थिए ।