Wednesday, 22, September, 2021 info@saipalnews.com

विष्टज्यू मन्दिरमा हेलिकोप्टरबाट मुर्ति पु¥यो

जुम्ला २३ साउन । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल विष्टज्यू मन्दिरमा हेलिकोप्टरको सहयोगमा मुर्ति पु¥याइएको छ ।  चार हजार ६०० मिटर उचाईमा रहेको विष्टज्यू, ठाकुरज्यू, मन्दिरमा आज ठाकूरज्यू,विष्टज्यूको मूर्ति पु¥याइएको हो । दुईवटा मुर्तिलाई चार भाग बनाएर उक्त स्थानमा मुर्ति पु¥याएको पूजारी रामेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

“हेलिकोप्टर चालकसहित एक जना प्राविधिक, अर्का पुजारी विष्णुकान्त न्यौपाने र मलगायत पाँच जना विष्टज्यूमा मुर्ति झारेर जुम्ला बजार फिर्ता भएका छौँ,” उहाँले भन्नुभयो, “हिडेर दुई दिन लाग्ने  ठाकुरज्यू र अर्को मन्दिर विष्टज्यूमा पुु¥याइएका मुर्ति अब केही समयपछि गएर सेट गर्छौं ।” ती दुवै मूर्ति नेपाली मूलका अष्ट्रेलियन मुर्गेन परियारले सहयोग गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी, त्यस स्थानमा मुर्ति लिन कठिन भएपछि गुठिचौर गाउँपालिकासम्म बोकेर ल्याइएको र त्यसपछि मात्र हेलिकोप्टरमार्फत ठाकूरज्यू पु¥याइएको थियो । दुवै मूर्ति कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयले रु १० लाख ढुवानी सहयोग गरेको जनाइएको छ ।

जोगिनी दह, पाले दह, शङ्ख दह, हुड्के, भूते दह, विष्टज्यू दह ठाकूरज्यू दहलगायतका सात दह मिलेर बनेको ठाकूरज्यू, विष्टज्यू मन्दिरमा साउन एकादशीदेखि पूर्णिमासम्म पूजा लाग्ने भएकोल धार्मिक दृष्टिकोणले चर्चित मानिन्छ ।