Friday, 28, January, 2022 info@saipalnews.com

रुपन्देहीमा कार दुर्घटना तीनै जनाको मृत्यु

बुटवल २४ साउन । गएराति रुपन्देहीका भएको कार दुर्घटनामा मृत्यु हुने सवैको सनाखन भएको छ ।रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीवाट भैरहवातर्फ आउदै गरेको लु.२ च.६७५६ नं को कार अनियन्त्रत दुर्घटनमा हुदाँ  तीन जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाका अनुसार  मृत्यु हुनेमा  रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं।४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका वार्ड नं.३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी  र नवलपरासी रामग्राम नगरपालिका वार्ड नं.१ २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुर  रहेका छन् ।