Wednesday, 19, January, 2022 info@saipalnews.com

पीएसओमा कोरोना संक्रमण पुष्टि,भएपछि नेकपा महासचिव पौडेल आइसोलेसनमा

काठमाडौं २५ साउन ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल आइसोलेसनमा बस्नुभएको छ । उहाँ आज आइतबारदेखि आइसोलेसनमा बस्नु भएको हो ।

अंगरक्षक पीएसओमा कोरोना संक्रमण देखिएपछि महासचिव पौडेल आफ्नै निवासमा आइसोलेसनमा बस्नुभएको छ । उहाँको पीएसओमा आइतबार संक्रमण पुष्टि भएको हो ।महासचिव पौडेलको परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । उहाँको पीएसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।