Sunday, 20, September, 2020 info@saipalnews.com

नेपालमा आज थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौंं साउन २६, पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको आरटी पीसीआर परीक्षणमा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । यस्तै, निको हुनेको संख्यामा पनि आज १४० जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १६ हजार ४९३ रहेको छ भने हालसम्म ७९ जनाको मृत्यु भएको छ । आज थपिएका संक्रमितहरुमा बाँकेका ६३, काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका २३, पर्साका २२, सर्लाहीका २१, दैलेखका १७, मोरङका १५, प्युठानका १५, धनुषाका १३, कपिलवस्तुका ११, कैलालीका ७, सल्यानका ७, सिन्धुलीका ६, दाङका ५, नुवाकोटका ४, ललितपुरका ४, भक्तपुरका ४, महोत्तरीका ३, बाराका ३, गोरखाका ३, खोटाङका २, तनहुँका २, नवलपरासी पुर्वका २, बर्दियाका २, झापाका १, सिन्धुपाल्चोकका १, अछामका १, अर्घाखाँचीका १, बाग्लुङका १, चितवनका १, पाल्पाका १, रामेछापका १, स्याङ्जाका १, रोल्पाका १, सुर्खेतका १, बैतडीका १, बझाङका १ र रुपन्देहीका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि काठमाडौंका २ जना, बाँकेका १ जना, र पर्साका १ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।