Sunday, 20, September, 2020 info@saipalnews.com

कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसबाट एक जनाको मृत्यु

बाँके २६ साउन । मेडिकल कलेज कोहलपुरमा आज  एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो । जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी  दुई जनाको  कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।