Thursday, 27, January, 2022 info@saipalnews.com

एकैदिन ६ हजार भन्दा बढीले घट्यो सुन

काठमाडौं २८ साउन | नेपालमा आज पनि सुनको भाउ ओरालो लागेको छ । अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मुल्यमा भारी गिरावट आएसँगै नेपाली बजारमा पनि सुनको मुल्यमा गिरावट आएको हो ।
केही दिन अघिसम्म रेकर्ड बनाउँदै बढेको सुनको मुल्य आज लगातर तेस्रो दिन पनि ओरालो लागेको हो । नेपालमा आज सुनको मुल्यमा ६ हजार २०० रुपैयाँको भारी गिरावट भई छापावाल सुन प्रती तोला ९५ हजार ४०० मा कारोवार भएको छ भने तेजावी सुन प्रती तोला ९४ हजार ९०० मा कारोवार भएको छ ।
यस्तै, चाँदीको मुल्य पनि आज २२५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ कायम भएको नेपाल सुन तथा चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मुल्यमा एकै दिन ६ हजार भन्दा बढीको गिरावट आएको यो पहिलोपटक हो ।