Wednesday, 22, September, 2021 info@saipalnews.com

सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमणको आंशकामा सेल्फ आइसोलेसनमा

काठमाडौँ /  बुधबार दिउँसो सम्म नियमित इजलासमा बसेका सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा बसेका छन्।

न्यायाधीश ईश्वर प्रसाद खतिवडा र हरिप्रसाद फुयाल आइसोलेसनमा बसेका हुन्। साउन २२ गतेसम्म आफ्नो सुरक्षामा खटिएका अंगरक्षकको २६ गते लिइएको स्वाब परिक्षणपछि बुधबार कोरोना संक्रमण देखिएपछि आफू घरमै आइसोलेसनमा बसेको न्यायाधीश खतिवडाले जानकारी दिएका छन्।

भर्खरै सर्वोच्चमा पुल दरबन्दीमा रहेका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि अन्य सुरक्षाकर्मीमा गरिएको परिक्षणबाट कोरोना संक्रमण देखिएपछि न्यायाधीशहरु आइसोलेसनमा बसेका हुन्। दुवै जना न्यायाधीशले बुधबार संयुक्त इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका थिए।