Monday, 20, September, 2021 info@saipalnews.com

रुपन्देहीमा क्रेनको ठक्करवाट एक जनाको मृत्यु

बुटवल ३० साउन। पूर्वपश्चिम राजमार्गअन्र्तगत रुपन्देहीको देवदहमा एकलाई क्रेनले ठक्कर दिदा मृत्यु भएको छ । रुपन्देही देवदह नगरपालिका ९ घोडाहामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१क ४२४४ नं को क्रेनले ह्विल चियरमा सवार देवदह ९ घोडाहा बस्ने वर्ष ४२ को धनप्रसाद चापागाई फरक क्षमता भएको ब्यक्तीलाई ठक्कर दिदा घाइते  भएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घाइते चापागाईँको उपचारको क्रममा साँझ लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । क्रेन चालक फरार रहेकोले प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन प्रहरी नियन्त्रणमा छ ।