Wednesday, 22, September, 2021 info@saipalnews.com

डोटीमा सर्पको डसाइबाट मृत्यु

डोटी ३० साउन । विषालु सर्पको डसाइबाट यहाँ ३० वर्षीया एक  महिलाको मृत्यु भएको छ । प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमान्सँगै माइती आउनुभएको थियो ।  उहाँलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो ।

उपचारका लागि अस्पताल लैजाने क्रममा उहाँको बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ । रासस