Wednesday, 22, September, 2021 info@saipalnews.com

कपिलवस्तुमा एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल ३१ साउन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । २९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको कोरोना फोलक पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए ।

उनमा यसअघि नै कोरोना पुष्टि भइसकेको उनको भनाइ छ । ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो ।यसअघि पनि कपिलवस्तुका एकजनाको कोरोनाका कै कारण मृत्यु भएको थियो ।