Saturday, 18, September, 2021 info@saipalnews.com

अमेरिकी राष्ट्रपति ट्रम्पका भाई रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा निधन

काठमाडौं ३२ साउन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्पको ७२ बर्षको उमेरमा निधन भएको छ । आफ्नो भाईको शनिबार राति निधन भएको राष्ट्रपति ट्रम्प आँफैले बताएका छन् । रोर्बको न्यूयोर्कस्थित एक अपतालमा उपचारको क्रममा निधन भएको हो ।राष्ट्रपति ट्रम्प एकदिन अघि मात्रै उपचाररत भाईको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएको बताइएको थियो ।

भाईको निधनबारे जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन् – ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदैछु, कि मेरो भाईले गएराति अन्तिम सास लिएको छ । ऊ मेरो भाईमात्र थिएन । मेरो असल साथी पनि थियो । उसको याद निकै आउने छ । तर हामि फेरी भेट्नेछौं । उसको सम्झना मेरो हृदयमा सँधै जीवन्त रहनेछ । रोबर्ट तिमिलाई सधै मेरो माया छ । हार्दिक श्रद्धाञ्जली ।’