Friday, 28, January, 2022 info@saipalnews.com

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं ३२ साउन ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सचिवालय बैठक बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनालले सोमबार बिहान साढे नौ बजेका लागि बैठक बोलाइएको बताए।सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ ।

कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए । ओली र प्रचण्डको सहमतिमा पार्टीभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाइएको थियो ।