Saturday, 18, September, 2021 info@saipalnews.com

२०७६ सालको एसईईको परीक्षाफल प्रकाशित

काठमाडौंंं १ भदौ | राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । केहीबेर अगाडी सकिएको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको हो ।
यस वर्षको एसईई परीक्षा कोभिड-१९ का कारण परीक्षाको अघिल्लो दिन स्थगित भएपछी बोर्डले अन्तिम मुल्यांकनको जिम्मा मुल्यांकन कार्यविधि जारी गर्दै सम्बन्धित विद्यालयहरुलाई नै दिएको थियो । यद्यपि मुल्यांकनको प्रमाणिकरण गरी नतिजा सार्वजनिक गर्ने जिम्मा बोर्डलाई रहेकाले बोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।

बोर्डले यसाघि नै नतिजा प्रमाणिकरण गरि नतिजा सार्वजनिक गर्ने तयारी गरेपनी नतिजा प्रकाशन गरेपछि विद्यालयहरुमा भर्ना खुल्न सक्ने र भिडभाड हुने र नतिजा त्रुटिरहित बनाउन केही समय ढिलाइ गरि नतिजा प्रकाशन गर्ने जनाएको थियो । यस वर्षको एसईई परीक्षा दिने ४ लाख ८२ हजार विद्यार्थी रहेका थिए ।