Tuesday, 01, December, 2020 info@saipalnews.com

कोरोना कहरले पनि छेकेन्,सुदूरपश्चिमको मौलिक पर्व ओल्केलाई

डोटी १ भदौ । सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व लाई कोरोनाको महामारीले पनि खासै फरक पारेन साउनको अन्तिम र भदौको पहिलो दिन विशेष महत्त्वसाथ यो पर्व मनाइने परम्परा छ ।  आफुभन्दा ठुलालाइ आदरर सम्मान गर्ने परम्परा अनुसार पिँडालुका गावा , काँक्रा, भन्टा, मुला, दही र हरियो सागपात आफन्तजनलाई बाँडेर यो पर्व मनाइन्छ ।

वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो र कुष्ठरोग आदि फैलिने समस्या हुन्छ । उपचार सहज भएपछि रोगको संक्रमण दर घटेको तर समाजमा त्यस्ता रोगव्याधिबाट जोगिएको र साउने झरी थामिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियाली भन्दै ओल्के अर्थात कोसेली दिएरयो पर्ब बनाउने चलन छ ।

आफूभन्दा ठूला मान्यजन वा अग्रजलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यो पर्वको विशेषता रहेको स्थानीय बताउँछन् । कतिपय स्थानमा भने अहिले पनि गाउँ नजिकको चौबाटामा गई सल्लाको लिंगोसमेत गाड्ने चलन छ भने कतै कतै डाँडामा धेरैजना भेला भएर रूखका हाँगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर थुप्रो लगाउने गरिन्छ ।

आफन्त र घरपरिवारसँग ओल्के पर्व मनाउन टाढा टाढाबाट घर आउने चलन पनि छ । यतिबेला ओल्के पर्व मनाउन कामको खोजीमा भारत गएकाहरू धमाधम घर आइरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्वका बेला पिङ खेल्ने र डेउडा खेलेर रमाइलो गर्ने चलन पनि छ ।

यद्यपि पछिल्लो समय ओल्केको रौनक खस्कँदै गएको दिपायल सिलगडि नगरपालिका  वडानम्बर ८ लडागडा जेष्टनागरिक उदै सिं कुन्जेडा बताउनु हुन्छ । ‘बुढापाकाले श्रद्धासाथ ओल्के दिने चलन थियो,’ उहाले भन्नु भयो, ‘अहिले युवा पुस्तामा त्यस्तो आकर्षण छैन । बुढापाका नभएको घरबाट प्रायः ओल्के दिने चलन हराएको छ ।’