Wednesday, 22, September, 2021 info@saipalnews.com

धुलिखेल अस्पतालमा कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं २ भदौ । कोरोना संक्रमणबाट काभ्रेमा एक जना वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।‘कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो, गएराति साढे १२ बजे उहाँको निधन भयो,’ प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिएका छन् ।

यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । धुलिखेल अस्पतालमा पहिलो मृत्यु सिन्धुपाल्चोककी संक्रमित सुत्केरी महिलाको भएको थियो । यसैगरी गत साउन २६ गते पाँचखालकी एक महिलाको ललितपुरमा मृत्यु भएको थियो ।