Thursday, 23, September, 2021 info@saipalnews.com

कैलाश खोला बाढीपीडितलाई तत्काल राहत दिन डा.भीम रावलको आग्रह

काठमाडौं ३ भदौ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा संघीय सांसद भीम रावलले अछामको रामारोशनमा आएको बाढीपहिरोमा क्षति भएका पीडित परिवारको पहिचान गरी तत्काल राहत प्रदान गर्न माग गरेका छन् । आज एक प्रेस वक्तव्य जारी गर्दै रावलले बाढी पहिरोमा परी परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

उनले दुःखको यस घडीमा सबैमा एकजुट भएर उद्धारमा खट्न पनि आह्वान गरेका छन् ।उनले विस्थापितहरूलाई बसोबासको व्यवस्था गर्न तथा क्षतिग्रस्त सडक एवं भौतिक संरचनाको पुनर्निर्माणका लागि अध्ययन र योजना आरम्भ गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । कैलाश खोलामा आएको बाढीले रामारोशन–५, सैनी बजारका १७ जनालाई बगाएको छ । जसमध्ये हालसम्म ७ जनाको शव भेटिएको छ ।