Wednesday, 22, September, 2021 info@saipalnews.com

सिसिएमसीको बैठक सकियो, प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं ३ भदौ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका सम्बन्धमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको कोभिड नाइन्टिन संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक सकिएको छ ।

आजको बैठकमा माघ ९ गते पहिलो कोरोना संक्रमण देखिएदेखि हालसम्म भएको संक्रमणको अवस्था, रोकथामका लागि चालिएका कदमहरुको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरिएको सिसिएमसीका प्रवक्ता महेन्द्र गुरागाँईले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्रीसँग दोहोरो छलफल नभएको र ब्रिफिङ सुनिसकेपछि प्रधानमन्त्रीले धन्यवाद दिएको उनले बताए । सिसिएमसीले भोलीदेखि उपत्यकामा गरिने निषेधाज्ञाको बारेमा पनि प्रधानमन्त्रीलाई जानकारी गराएको छ । बैठकमा प्रधानमन्त्री ओलीका साथै अन्य मन्त्रीहरु पनि सहभागी भएका थिए ।