Saturday, 18, September, 2021 info@saipalnews.com

रोइरहेछ,मातृभूमि शोकमा डुब्यो सवै

भारत ३ भदौ । सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २२ जनाको मृत्यु भएको हो ।

अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । गाउँपालिका अध्यक्ष झंकर साउदका अनुसार नन्दु साउदको परिवारका १० जना सम्पर्कविहीन छन् ।

त्यस्तै बारलाका ४० बर्षका लालसरा शाह र उनका १० वर्षका छोरा पनि बेपत्ता भएका छन् । हिक्मत शाहको २ जनाको परिवार, चन्दे साउद, बासु साउद र जोगा साउद पनि बेपत्ता छन् । यस दुखद घटानामा दुख व्यक्त गर्दै शेरबहादुर कुँवरले आफनो फेस बुकमा यस्ता मार्मिक देउडा गीत लेख्नु भएको छ ।

मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना १

मेरो जन्मभूमिले भोगेको दुख देउडा मार्फत 

दुख ब्यक्त गर्दछु

१ – रोइ रहेछ  मातृभूमि सोकमा डुबे सबै

विदालियौ संसारबाट भेटनहुने कबै

२ – क्याविपनि आइलाग्यो हो मानव जातीलाई

मान्छे घर खेतिर वारी बनाइ एक रातीलाई

३ –खेतिलियो बारीलियो भैसीका गोठ लियो

तेरी खाने प्रकृतिले  नदिनु चोट दियो 

४ – हृदय विदारक घट्ना हेर्दैउड्या चेत

बगरमा परिणत गरी कमाइ खाने खेत

५ – कुलोलियो बाटा लियो  घट्टलियो छाना

गरीव दुखी जनताले कति छन दुख खाना

६ – उद्दार र राहतमा जुटौ मेरो गलिगलि

 घाइतेकन स्वास्थे लाभ मर्ने श्रद्धाञ्जली