Wednesday, 19, January, 2022 info@saipalnews.com

दलित बालिकालाई दुर्व्यवहार गर्ने युवकमाथि करणी उद्योगको मुद्दा

रौतहट ३ भदौ । रौतहटको कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दुर्व्यवहार गरेको आरोपमा गैरदलित युवकमाथि जबरस्ती करणी उद्योगको मुदा दर्ता गरिएको छ । कटहरिया नगरपालिका वडा २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहमाथि करणी उद्योगमा मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए ।

४ दिनअघि गाउँकै एक दलित बालिकालाई ललाईफकाई करणी गर्न लागेको पीडितका बाबुको उजुरीको आधारमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ परीक्षण समेत भैसकेको डिएसपी महतोले जानकारी दिए । घटनालगत्तै आरोपी साह फरार रहेकाले उनको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।साभार रातोपाटी