Saturday, 18, September, 2021 info@saipalnews.com

निषेधाज्ञा लागू भएसँगै उपत्यकाको जनजीवन ठप्प

काठमाडौँ ४ भदौ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि काठमाडौँ उपत्यकामा बुधबार मध्यरातदेखि निषेधाज्ञा लागु भएको छ । निषेधाज्ञाका कारण बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरको जनजीवन ठप्प प्रायः भएको छ । बिहानैदेखि अत्यावश्यक सेवाका बाहेक सवारी साधान चलेका छैनन् ।

पसलहरु प्रायः सबै बन्द छन् । अघिल्ला दिनहरुमा बिहानै मर्निङ्ग वाकमा निस्कने मानिसहरुको चहलपहल बाक्लो हुने गरेको भए पनि बिहीबार बिहान भने सुनशान रहेको छ ।फाट्फुट् हिँडेकाहरुलाई पनि सुरक्षाकर्मीले फिर्ता पठाएका छन् । विशेष परिस्थिति बाहेक सर्वसधारणलाई घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।