Wednesday, 22, September, 2021 info@saipalnews.com

मलाई भने यी झन खतरा जस्ता लाग्छन

भोली त सायद धेरै अप्सरा जस्ता लाग्छन।

मलाई भने यी झन खतरा जस्ता लाग्छन।। 

हेर्नेलाई देखाउने हो भगवान कसले देख्यो,

जे जस्तो गरे नि सब नखरा जस्ता लाग्छन।

कागजको फुल सजाउ गुलाफ त गुलाफ हो

फूल माली कै हातका हराभरा जस्ता लाग्छन।

बिचार निर्माण नगरे व्यबहार निर्माण हुदैन नि,

जीवनका कति उकाली पहरा जस्ता लाग्छन।

दुनियाँले त्यही सुन्दर भन्छ खै के देख्छ कुन्नी 

मलाई ती पिँध बिनाका अम्खरा जस्ता लाग्छन।