Saturday, 18, September, 2021 info@saipalnews.com

निषेधाज्ञा उल्लंघन गर्ने २९ सय बढी सवारीसाधन नियन्त्रणमा

काठमाडौं ४ भदौ । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहीबार २९ सय २ वटा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरबाट २९ सय २ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएका छ ।

नियन्त्रणमा लिएको २२ सय ९४ वटा दुई पांग्रे र ६ सय ८ वटा चार पांग्रे सवारी नियन्त्रण लिएको बताइएको छ ।प्रहरीका अनुसार यस्तै निषेधाज्ञाको सयमा घर बाहिरा निस्केका करिब २ हजार पैदल यात्रीलाई होल्डिङ सेन्टरमा राखेर निषेधाज्ञाबारे सचेत गराएका छन् ।