Saturday, 18, September, 2021 info@saipalnews.com

जुम्लामा एकै दिन ५६ जनामा कोरोना भेटियो

जुम्ला ४ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ ५६ जनामा सङ्क्रमण देखिएको छ । विहीबार गरिएको परीक्षणमा हिमा गाउँपालिकाका ५१ जना र नाग्मका ५ जना गरी ५६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।

एक सय २९ जनाको नमुना सङ्कलन गरिएको थियो । जुम्लामा यति धेरै सङ्क्रमित देखिएको यो पहिलो पटक हो । जुम्लाको चन्दननाथ नगरपालिकासहित सात वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

गत शुक्रवारदेखि गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । सङ्क्रमितहरूको सम्पर्कमा आएका सबै जनाको कन्ट्रयाक ट्रेसिङ्ग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले गरिरहेका छन् ।