Monday, 20, September, 2021 info@saipalnews.com

नाकामा अलपत्र मालबाहक ट्रकहरु काठमाडौं उपत्यका प्रवेश

धादिङ ५ भदौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुनु भन्दा अगाडि विभिन्न सामग्री लोड भएर आएका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइएको छ । काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका मालबाहक ट्रकलाई छाड्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले निर्देशन दिएसँगै ३ सय भन्दा बढी निर्माण सामग्री बोकेका मालबाहक ट्रकहरु नागढुङ्गाबाट काठमाडौ प्रवेश गरेका हुन् ।

बिहीवारदेखि नौबिसे नागढुङ्गाको त्रिभुवन राजपथमा रोकिएका मालबाहक ट्रकहरुलाई अनलोड गर्नका लागि मात्र राति प्रवेश गर्न दिइएको र भोलिदेखि पूर्ण रुपमा बन्द गरिने थानकोट बृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । निषेधाज्ञा जारी भएको सूचनाको जानकारी नपाउदा चालकहरू कोही चाउचाउ र चिउरा त कोही भोक भोकै बस्नु परेको थियो ।