Wednesday, 22, September, 2021 info@saipalnews.com

आँगन र कौसीमै सीमित भयो तीजको नाच

काठमाडौं ५ भदौ । हिन्दु नेपालीहरुको ठूलो पर्व तीज यस वर्ष विगतमा वर्षहरुमा जस्तो उल्लासमय भएन । काठमाडौंका शिवमन्दिर र सार्वजनिक स्थलमा ठूलो संख्यामा महिलाहरु नाचगान र रमाइलो गर्ने गर्थे । तर, यो वर्ष निषेधाज्ञाका कारण महिलाहरु सार्वजनिक स्थलमा भेला हुन र भेटघाटबाट वञ्चित भए ।

घरमा पनि परिवारभित्रका मानिसहरु मात्र बस्न र आफन्तजन ठूलो संख्यामा भेला नहुन सरकारले आग्रह गरेको थियो । त्यसैले यस वर्ष महिलाहरु घरमै आँगन, कौसी र कोठाभित्रै नाचगान गरेर तीज मनाउन बाध्य भए । कतिपय महिलाले नाचगान गर्दा पनि मास्क लगाएका थिए ।