Wednesday, 22, September, 2021 info@saipalnews.com

भन या नभन तिम्रो कर्तुत थाहा छ

गजलः 

भन या नभन तिम्रो कर्तुत थाहा छ ।

परेमा देखाउला सबै सबुत थाहा छ ।।

नेताज्यू तिमीले यहाँ लड्न सिकायौ ।

त्यसैले बन्दुक गोला बारुद थाहा छ ।।

कसरी विर्षन सक्छु देशको इतिहास ।

यो देश बचाउने वीर सपूत थाहा छ ।।

के भन्नु पर्ला र मैले हाम्रा नेतालाई ।

देशलाई गद्दारी गर्ने बेवकुप थाहा छ ।।

म पनि साथमा छु नि यही बस्तीमा ।

गरीवहरुको सारा सुख दुःख थाहा छ ।।