Wednesday, 22, September, 2021 info@saipalnews.com

पाकिस्तान भारतको सीमाना गोली चल्यो ५ को मृत्यु सयौं घाइते

एजेन्सी ६ भदौ । पाकिस्तान र भारतको सीमामा घुसपैठ गर्न खोजेपछि गोली चलाउँदा ५ जनाको ज्यान गएको छ ।पाकिस्तानसँगको सीमामा घुसपैठ गर्न खोजेको भन्दै भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको ज्यान गएको जनाइएको छ।

भारत र पाकिस्तानबीचको भारतीय क्षेत्र पञ्जाब राज्यमा रहेको सीमामा सो घटना भएको समाचार संस्था द वाइरमा उल्लेख छ । पञ्जाबको तार्न तरान जिल्लाबाट अवैधानिक रुपमा भारत प्रवेश गर्न लागेपछि उनीहरुलाई रोक्ने खोज्दा नमानेपछि सुरक्षाको लागि गोली चलाएको बताइएको छ।