Wednesday, 22, September, 2021 info@saipalnews.com

गरुँला चुक्ता हिसाब पाइ-पाइ म सोचिरहेछु

bhatta

गजल

रुँला चुक्ता हिसाब पाइ-पाइ म सोचिरहेछुँ।

बेकार लडिएछ नि त्यो लडाइ म सोचिरहेछुँ।।

अब त के सम्झिन्थ्यौ नि कमरेड तिनका दुःख ।

जसले दिन्थे भात आफू नखाइ म सोचिरहेछुँ।।

भनियो उहिले काम नै मुल्यांकनको आधार हो ।

तर त्यो रहेछ पोस्ट,सेयर,वाइफाइ म सोचिरहेछुँ।।

खुब क्रान्तिका कुरा गर्थेउ नि उहिले त हामीलाई ।

चौरमा बटुलेर मान्छे गीत गाइ गाइ म सोचिरहेछुँ।।

हेर एकदिन तिम्रो घमण्ड नि जलेर खरानी हुनेछ ।

कोहि हिम्मत नगर्ला र कोर्न सलाइ म सोचिरहेछुँ।।

अहिले पो त पदमा छौ र सबैले नमस्कार गर्दा हुन ।

बिर्सियौ सडकमा छदाका दाजुभाइ म सोचिरहेछुँ।।