Thursday, 23, September, 2021 info@saipalnews.com

भोजपुरमा तीन प्रहरीमा कोरोना पुष्टि

भोजपुर ६ भदौ । यहाँ तीन जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । पीसीआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् ।

यही भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो ।होल्डिङ एरियामा राखेर पीसीआर परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताए ।

यही भदौ ३ गते उनीसहित जरायोटारको होल्डिङ एरियामा रहेका ३० जना र जिल्लामा अग्रपङ्क्तिमा खटिने अस्पतालका स्वास्थ्यकर्मी, बिदामा गएर फर्किएका कर्मचारी, पत्रकार, सवारी चालक गरी ६८ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।