Thursday, 23, September, 2021 info@saipalnews.com

पुजारीको हत्यारालाई फाँसीको माग गर्दै हिन्दू परिषदद्वारा ज्ञापन पत्र

धनुषा ७ भदौ । रौतहटमा हनुमान मन्दिरका पुजारी श्रीराम साहका हत्यारा लाई करवाहिको मांग गर्दै आज धनुषा हिन्दू परिषद् नेपालले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

परिषदका नगर अध्यक्ष मिथिलेश झाको अगुवाईमा पुगेका परिषदका पदाधिकारीले पुजारी साह लाई शहीद घोषणाको माग गर्दै हत्यामा संलग्न जो कोहीलाई पनि फासीको सजाय दिनुपर्ने , सन्त-महन्थको सुरक्षा ग्यारेन्टी तथा अतिक्रमण मुक्त सहितको मागअगाडि बढाउै ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई सो ज्ञापन पत्र बुझाइको हो ।

जिल्ला प्रशाशन कार्यालयमा ज्ञापन पत्र बुझाउन जानेहरुमा हिन्दू परिषद् नेपाल जनकपुरधाम नगर कमिटीका महासचिव जानकी रमण झा , उपाध्यक्ष रितेश कर्ण , उपाध्यक्ष बिपिन झा, सदस्य रबिन्द्र पाण्डेय , कृष्णा पाण्डेय लगायतका ब्यक्तिहरु सहभागी भएका थिए ।