Wednesday, 19, January, 2022 info@saipalnews.com

स्वास्थ्यकर्मीमाथि दूर्व्यवहार गर्नेलाई कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं ७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिनरात नभनी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने बताउनुभएको हो ।उहाँले दूर्व्यवहार गर्ने व्यक्तिलाई कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको बताउनुभयो ।

उहाले स्वास्थ्यकर्मीलाई यस किसिमको दूर्व्यवहार नगर्न आग्रह पनि गर्नुभयो ।साउन ३० गते चितवनस्थित रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.विश्वबन्धु बगालेको घरमा कोरोना संक्रमित भन्दै केही व्यक्ति ब्यानर टाँस्न पुगेको थिए । यस्तै, शनिबार बिहान सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको ठाउँमा स्थानीयहरुले हुल हुज्जत गरेका थिए ।