Wednesday, 22, September, 2021 info@saipalnews.com

वीरगन्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु

पर्सा ७ भदौ । नारायणी अस्पतालमा उपचार गराइरहेकी कोरोना संक्रमित एक वृद्धाको आइतबार मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्साको बिन्दवासनी गाउँपालिका–३ इटियाही निवासी ७० वर्षीय महिलाको आईसीयूमा उपचारको क्रममा आइतबार ११ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

पुरानो क्षयरोगको बिरामी रहेकी महिलामा स्वास प्रस्वासको समस्या देखिएपछि शनिबार आफन्तले नारायणी अस्पतालमा ल्याएका थिए ।सोही दिन उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म पर्साका ३० जना कोरोना संक्रमितको मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ ।