Wednesday, 22, September, 2021 info@saipalnews.com

नौ सय बोट गाँजा फँडानी

नुवाकोट ८ भदौ । विदुर नगरपालिका–१० स्थित बेंसीगाउँ र दारेगौँडाका चार रोपनी जग्गामा फैलिएको  गाँजा नुवाकोट प्रहरीले आज फँडानी गरेको छ । जङ्गल तथा विभिन्न व्यक्तिको जग्गा र बारीमा  प्राकृतिक रुपमा उम्रिएको गाँजाको नौ सय बोट प्रहरीले आज फँडानी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

प्रनि फुयाँलका अनुसार कोभिड–१९ सङ्क्रमण जिल्लामा फैलिरहेका अवस्थामा मानिसले आफ्नो स्वास्थ्यलाई बढी ख्याल राख्नुपर्ने अहिलेको समय परिस्थितमा  गाँजा सेवन गरे भने स्वास्थ्यमा झनै ठूलो क्षति ब्यहोर्नुपर्ने भएकाले फँडानी गरिएको हो ।