Thursday, 27, January, 2022 info@saipalnews.com

त्रिवि शिक्षण अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु

काठमाडौं ८ भदौ । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। संक्रमित महिलाको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको कागेश्वरी नगरपालिका– ९ कि ४८ वर्षीया महिलाको उपचारका क्रममा सोमबार ज्यान गएको हो ।

कोरोना संक्रमणको कारण ज्यान गएको महिलामा मुटुसम्बन्धी, पित्तथैली र मिर्गौला रोग पनि थियो । उनी साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । भर्ना भएकै दिन उनमा कोरोना संक्रमण देखिएको थियो ।