Wednesday, 22, September, 2021 info@saipalnews.com

अफगानिस्तानको तालिवान टोली पाकिस्तान आयो

एजेन्सी ८ भदौ । अफगानिस्तानको शान्ति प्रक्रियालाई अगाडि बढाउनका लागि तालिवान विद्रोहीहरुको टोली पाकिस्तान आइपुगेको छ ।  पाकिस्तानी नेतृत्वसँग छलफल गर्नेगरी टोली पाकिस्तान आएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भने, “तालिवान विद्रोहीहरुको प्रतिनिधि मण्डललाई अफगानिस्तानको शान्ति प्रक्रिया अगाडि बनाउनेगरी छलफल गर्न बोलाइएको हो ।

उच्चस्तरीय सो टोलीको नेतृत्व तालिवान विद्रोही समूहका राजनीतिक विभाग प्रमुख मुल्लाह अब्दुल घानी बाराडरले गरेका छन् । उनीहरुलाई पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीहरुले नै बोलाएको र पाकिस्तानको उच्च राजनीतिक तहमा भेटघाट गराउने योजना रहेको छ ।

पाकिस्तानमा रहेका अफगानी शरणार्थी, सिमानामा आवाज जावत गर्ने व्यवस्थालगायतका बारेमा पनि दुई पक्षका बीचमा छलफल हुने तालिवान प्रवक्ता सुहाइल शाहिनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिएका छन् । अफगानीस्तानी सरकारले ८० जना तालिवान विद्रोहीहरुलाई कारागारमुक्त गरेपछि यो घटनाक्रम विकास भएको हो ।