Thursday, 27, January, 2022 info@saipalnews.com

विस्फोटपछि मजदूरको बिजोग

एजेन्सी ८ भदौ । लेबनानको राजधानीमा केही हप्ता पहिले भएको विस्फोटका कारण रोजगारी गुमाएका विदेशी कामदारहरूले आफूहरू छिट्टै स्वदेश फिर्ता हुन आग्रह गरेका छन् ।  लेबनानको आर्थिक सङ्कटको सामना गरिरहेका समय कोरोनाभाइरसको महामारी आएको र महामारीसँग जुधिरहेको समय कहालीलाग्दो विस्फोट भएको सम्झँदै आफू स्वदेश फर्किन चाहेको बताउँछिन् इथियोपियाली कामदार तारिक केबेदा ।

आफ्नो बेरूतस्थित निवास विस्फोटका कारण भत्किएकोे उनी बताउँछिन् । सानो घर भित्र उनी चारजना साथीहरूसँग साझेदारी गर्थिन् । तर अहिले उनले आफ्नो कोठालाई पत्रिकाले बारेर बस्नु परेको भन्दै पत्रिकाले बारेको झ्यालतर्फ देखाइन् ।

अगस्ट ४ को विस्फोटले झ्यालका शिसाहरू फुटेपछि उनले यो अवस्थामा बस्नु परेको हो । त्यो घरमा बस्ने उनीसहित अन्य साथीहरूले महामारीका कारण पहिले नै आफ्नो जागिर गुमाएका थिए ।  घरेलु कामदार,सुपरमार्केट वा रेस्टुरेन्टहरूमा काम गर्ने तिनीहरूको अब घर पनि जोखिममा छ । “म यहाँ सुत्न डराउँछु,” २२ वर्षीया ती युवतीले भनिन् ।

भित्तामा गहिरो खाडलहरू देखाउँदै उनले भनिन् अब सामान्य हावाले पनि भवन हामी माथि खस्ने जोखिम रहेको छ ।  महिनौंको डलरको अभाव र त्यसपछि कोरोनाभाइरस महामारीपछि लेबनानमा हजारौं विदेशी कामदारहरू फसेका थिए ।

त्यसपछि बेरूतको बन्दरगाहमा विस्फोटन भयो । जसले १८१ भन्दा बढी व्यक्तिको ज्यान लियो, हजारौं घाइते भए र शहरमा हजारौँ घरमा क्षति पुग्यो ।   केबेदा भन्छिन्, यो कहालीलाग्दो घटना भएको छ । अब शहर छोड्नुपर्छ तर कसरी हातमा केही छैन । मलाई लेबनान मनपर्छ, तर म यहाँ बस्न चाहन्न,” उनले बताइन् । “यहाँ कुनै काम छैन । म के खाने, कहाँ बस्ने र कसरी बाँच्ने रु”

केही विदेशी कामदारहरूले उनीहरूलाई सहयोगदाताहरूसम्म पुग्न सम्भव नै नभएको बताउन गरेको पनि उनी सुनाउँछिन् । कराँटीनाको छेउछाउमा बस्ने केबेदाकी छिमेकी हानाले दावी गरिन् “सहायताकर्मीहरूले लेबनानीलाई प्राथमिकता दिन्छन् ।

उनीहरू विस्फोटपछिको पीडा व्यक्त गर्ने प्रतिनिधि पात्र हुन् । लेबनानमा पुगेका अधिकांश अफ्रिका, अरब तथा एशियाली मुलुकका श्रमिकहरूले घरायासी काम गर्ने गरेका थिए । “अहिले शहर नै विनास भएको छ । कामको ठेगान नै छैन,” एकतीस बर्षीय रोमाने अबेराले बताइन् ।

“मेरो इच्छा छ कि लेबनान पहिले जस्तो होस् । त्यस्तै फिर्ता जान सकियोस् । अबेराले भनिन् । उनले इथियोपियामा आफ्नो बच्चालाई छोडेर हालसालै त्यहाँ आएकी थिइन् तर आफ्नो जागिर गुमाएकी छन् । धेरै मुलुकका सयौं हजारौं आप्रवासी कामदारहरूले कम्तिमा दुई लाख ५० हजार घरायसी कामदार तथा अन्य श्रमिकले लेबनानमा कठिन परिश्रम गरेर घरमा पैसा पठाउँथे । तर अहिले अत्यधिक व्यक्तिका अवसर गुमेका छन् । उनीहरूको एउटै आवाज रहने गरेको छ हामीहरूलाई घर फर्किने वातावरण मिलाइदिनोस् । तर महामारीका कारण तत्काल यो सहज छैन ।