Wednesday, 22, September, 2021 info@saipalnews.com

पर्सामा उपचाररत दुई संक्रमितको मृत्यु

पर्सा ९ भदौ । नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचार गराइरहेका बाराका दुई जना कोरोना संक्रमिको मंगलबार मृत्यु भएको छ । बाराको विश्रामपुर गाउँपालिका–५ का ७२ वर्षीय र महागढीमाई नगरपालिका–४ का ५९ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाले जनाए ।

सोमबार कोरोना अस्पतालमा भर्ना भएका ७२ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजे मृत्यु भएको उनले बताए । मृतकमा ज्वरो, निमोनिया र उच्च रक्तचाप देखिएको थियो ।

महागढीमाईका ५९ वर्षीय पुरुष भदौ ४ मा कोरोना अस्पतालमा भर्ना भएका थिए । उनको बिहान साढे ९ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा।चौरसियाले जनाए । उनमा पनि ज्वरो र निमोनियाको संक्रमण देखिएको थियो ।