Monday, 21, September, 2020 info@saipalnews.com

झापामा सशस्त्र प्रहरीको गोली लागेर १ जनाको मृत्य

काठमाडौं १० भदौ । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो ।प्रह

रीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

२ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको थियो । तर गोली लागेर एक जनाको मृत्यु भएको हो ।