Wednesday, 22, September, 2021 info@saipalnews.com

प्रहरीको मोवाइल एप उदघाटन ,उजुरी गर्न पनि एपबाट मिल्ने

पोखरा ११ भदौ । प्रहरीको काम कारवाहीलाई समयानुकुल बनाउन तथा प्रविधिमैत्री बनाउन नेपाल प्रहरीको मोवाइल एपको बिहीबार पोखरामा उदघाटन गरिएको छ । प्रहरी र जनताबीचको दुरी कम गर्न तथा प्रहरीको काम चुस्त तथा कम समयमा प्रभावकारी सेवा दिनका लागि ९ल्भउब िउयष्अिभ mयदष्भि बउउ०  प्रयोगमा ल्याइएको बताइएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले जुम बाट कार्यक्रम गर्दै सो एपको उदघाटन गरिएको हो । सो एपको उदघाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जीवनकुमार श्रेष्ठले एपको बारेमा जानकारी र यो एपको प्रभावकारीता बारे प्रष्ट पार्नुभएको थियो । यो एपले घटना दुर्घटना लगायतका कार्यमा प्रहरीको चुस्तता देखिने बताउनुभयो ।

श्रेष्ठले हिट एण्ड रन भएको ठाउँमा कसैले मोवाइलको प्रयोग गरेर फोटो भिडियोको माध्यम मार्फत घटना घटाउने ब्यक्तिलाई समाउन मद्धत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । त्यस्तै अनलाइन मार्फत गुनासो तथा उजुरी दिन सकिने यो एपको बिशेषता रहेको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

बिश्वभर फैलिरहेको कोभिड १९ को महामारीले गर्दा कास्कीमा लकडाउन चलिरहेको छ । लकडाउनलाई मध्यनजर गर्दै कास्की प्रहरीको सभाहलबाट भिडियो कन्फरेन्स मार्फत पत्रकार सम्मेलन गर्दै कास्की प्रहरीले कार्यक्रमका बारेमा जानकारी गराएको थियो ।

कार्यक्रमा एपको बारे जानकारी गराउँदै एसपी श्रेष्ठले आपराधिक कृयाकलापको तत्काल जानकारी लिन तथा कारवाही गर्न , घटना तथा सुचना तुरुन्त प्राप्त गर्न तथा प्रविधि प्रयोग गरेर क्षति कम गर्न यो प्रविधिको सहायताले थप मद्धत मिल्ने बिश्वास ब्यक्त गर्नुभयो । कास्कीबाट शुरु गरिएको यो एप नेपालका अन्य जिल्लामा पनि छिट्टै प्रयोगमा ल्याइने पनि श्रेष्ठले बताउनुभयो ।