Wednesday, 22, September, 2021 info@saipalnews.com

झारफुक गरिदिन्छु भन्दै राति बोलाएर दुईमहिलालाई बलात्कार गर्ने पुजारी पक्राउ

बाँके १३ भदौ । बाँकेमा झारफुक गर्ने भन्दै दुई महिलामाथि बलात्कार भएको छ । झारफुक गरिदिन्छु भनेर राति बोलाएर बलात्कार गरिएको प्रहरीले जनाएको छ । पुजारीले दुई युवतीलाई आफ्नो मन्दिरको कुटीमै बोलाएर बलात्कार गरेको प्रहरीमा दिईएको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

पुजारीले झारफुकको बहानामा युवतीहरुलाई कुटीमै बोलाएर बलात्कार गरेको उजुरी प्रहरीमा परेपछि घटना सार्वजनिक भएको हो ।

बाँकेको डुडुवा गाउँपालिका–५ कम्मरसा बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारी नजिर महमदले झारफुकको बहानामा कुटीमा बोलाई बलात्कार गरेको आधारमा उजुरी परेको बाँके जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी गराउनुभयो ।

पुजारीले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबरजस्ती करणी गरेको ति महिलाले उजुरी दिएका छन् । घटना भदौ १० गते ९बुधबार० राति १२ बजेतिर भएको प्रहरीले जनाएको छ ।

उजुरी भदौ ११ गते आएको जानकारी दिंदै बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुवास खड्काले पुजारीलाई सोही दिन पक्राउ गरि अनुसन्धान भैरहेको जानकारी गराउनुभएको छ । पुजारीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।