Wednesday, 22, September, 2021 info@saipalnews.com

विद्युत गृह र खानेपानी योजना भत्काउने अध्यक्ष विरुद्ध मुद्दा दर्ता

अछाम १३ भदौ। पञ्चदेवल विनायक नगरपालिका वडा नं ५ र ६ का अध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दा दर्ता भएको छ । वडा नं ५ का वडा अध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र वडा नं ६ का अध्यक्ष पूर्ण रावलको नेतृत्वमा निर्माणधिन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीयबासिन्दाले मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थिले जानकारी दिनुभएको छ ।

बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो भत्काएको भन्दै उनि लगायत १० जनाको नाममा र वडा अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काएको भन्दै उनि लगायत ८ जनाको नाममा किटानि जाहेरी सहित मुद्दा दर्ता भएको छ । वडा अध्यक्ष वुढाको नेतृत्वमा पञ्चदेवल विनायक नगरपालिकाको मुख्य विद्युत आपूर्तिको माध्यम क्षतविक्षत बनाइएपछि ६ दिनदेखि नगरपालिकाका पाँच वटा वडा अन्धकारमय भएको स्थानीय शेरबहादुर बुढाले जानकारी दिनुभयो ।

वडाध्यक्षकै नेतृत्वमा गएको समुहले जलविद्युतको करिब एक सय मिटर कुलो भत्काएको वुढाको भनाई रहेको छ । आफ्नो वडालाई मुहानबाट खानेपानी ल्याउन नदिएको झोंकमा विद्युतको कुलो भत्काएको बुझिएको छ । लघु जलविद्युतको बाध, प्यानास्टिक पाइप भत्काइएको छ  । यस्तै वडा नं ६ का अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काईको स्थानीयको आरोप छ । उक्त आयोजना भत्काउदा २० लाख वढीको क्षति भएको स्थानीय बखत विष्टले जानकारी दिनुभएको छ ।

पाइपलाईन, ईन्टेक, सिमेन्ट, निर्माणधिन सामग्रीमा क्षति पुगेको छ । आफू अनुकल आयोजना नभएपछि वडा अध्यक्षले वडाको वैठकबाट निर्णय गरेर जामुने खानेपानी योजना भत्कएको विस्टले जानकारी दिनुभयो । विद्युत गृह र खानेपानी योजना भत्काउने वडा अध्यक्षलाई कार्वाहीको लागि अदालको अनुमति लिएर पक्राउ गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अवस्थिले जानकारी दिनुभयो । उहाँले आज शनिवार भएका कारण पक्राउको लागि अनुमति पूर्जि लिन सकिएन ।

भोली  अनुमति पूर्जि लिएर पक्राउ गरिने उहाँले जानकारी दिनुभयो । यस्तै आज नै नेपाल कम्युनिष्ट पार्टी नेकपा पञ्चदेवल विनायक नगर कमिटीले विद्युत गृह र खानेपानी योजना भत्काउनेलाई कार्वाहीको लागि माग गरेको छ । नगर कमिटी अध्यक्ष नितेश रिमाल र सचिव गोरख बहादुर रावलद्वारा जारी गरिएको विज्ञप्तिमा नगर प्रमुख र उपप्रमुखको आपसि विवादमा भौतिक संरचना भत्काउने कार्य आपत्तिजनक भएको उल्लेख गरिएको छ ।