Wednesday, 19, January, 2022 info@saipalnews.com

समुदायस्तरमा कोरोना परीक्षणको तयारी

कैलाली १३ भदौ । धनगढी उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आइतबारदेखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन नगरप्रमुख नृपबहादुर वडले भन्नुभयो, “सङ्क्रमितका परिवार र बढी जनसम्पर्कमा रहने व्यक्तिबाट नमूना छनौट गरी स्वाब सङ्कलन गरिने छ । धनगढीमा थप ५ दिन अर्थात भदौ १९ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको यस अवधिमा समुदायस्तरमा कोरोना परीक्षण गरिने नगरप्रमुख वडले बताउनुभयो । उहाँले भन्नुभयो, “विस्तारै परीक्षणको दायरा बढाउँदै लगिने छ ।

उपमहानगरमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये २२ प्रतिशतभन्दा बढी स्थानीयवासी रहेका छन् । धनगढीमा ५१ जना स्थानीयवासीमा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाले जनाएको छ ।